आज:  | Mon, 21, Apr, 2025

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदापाँच जनाको मृत्यु

२६ कार्तिक २०८१, सोमबार १०:५९ मा प्रकाशित ( ५ महिना अघि) ३१४४ पटक पढिएको
नारी बाटिका


बागलुङ २६ कात्तिक।

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आज विहान बागलुङको जैमिनीमा भएको उक्त दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार तर्फ आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना भई ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनु भयो।

सोही दुर्घटनामा परी एक जना घाइते भएका छन्। उक्त पिकअप भ्यान सडकदेखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस