आज:  | Wed, 13, Nov, 2024

लामिछानेलाई आज पुन:अदालतमा पेश गर्ने तयारी

२५ कार्तिक २०८१, आईतवार ०५:५३ मा प्रकाशित ( ३ दिन अघि) ८१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ कात्तिक।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतवार चौथो पटक म्याद थपका लागि अदालत लगिने तयारी भएको छ।

प्रहरीको हिरासतमा रहेका उनलाई तेस्रो पटक थपिएको म्याद शनिबार सकिएपछी आज पुनः अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए।

यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र तेस्रो पटक १० दिनको म्याद थपिएको थियो। कार्तिक २ गते काठमाडौँस्थित आफ्नै पार्टी कार्यलयबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ।

आज कास्की अदालतबाट म्याद थप भएमा रविलाई रूपन्देही अदालतमा पनि लैजाने तयारी गरिँदैछ। रूपन्देहीको जिल्ला अदालतले बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालका अनुसार रविलाई रुपन्देही ल्याउन प्रहरी तयारी अवस्थामा रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस