आज:  | Wed, 22, Jan, 2025

बैंकमा ८ खर्ब भन्दा बढी तरलता थुप्रिएको अवस्था

२४ कार्तिक २०८१, शनिबार १३:४८ मा प्रकाशित ( २ महिना अघि) ८०३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २४ कात्तिक।

पछिल्लो समयमा लगानी भएको ऋण अशुलीमा समस्या बढ्न थालेपछी हाल आएर बैंक तथा वित्तीय संस्थामा ८ अर्बभन्दा बढी तरलता थुप्रिएको छ । तर उक्त रकम व्यापारी(व्यवसायीहरूलाई ऋण दिन मिल्ने रकम बंैकमा थुप्रिएको हो । बैंक तथा वित्तिय संस्थाहरूले उत्पादनशील क्षेत्रमा लगानी गरेर पनि पछिल्लो समयमा लगानी भएको ऋण अशुलीमा समस्या बढ्दै गएकोले यसरी बंैकमा तरलता जम्मा भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालको बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पुँजी) लगभग ८ खर्ब छ । जुन रकम बजारका उत्पादनशील क्षेत्रमा जान सके बजार चलायमान हुनका साथै मुनाफा पनि आउने विज्ञहरूको दाबी छ ।

कोरोना महामारी अघिको समयमा बैंकिङ क्षेत्रले तरलता सङ्कटलाई झेल्नुपरेको थियो । यद्यपि, लकडाउनपश्चात्‌को समयमा बिस्तारै बैंक तथा वित्तीय संस्थामा लगानी गर्न मिल्ने रकम बढ्दै जान थालेको तथ्याङ्कले देखाएको छ । सोही समयदेखी बिस्तारै बढ्न थालेको तरलता हाल आएर चरम बिन्दुसम्म पुगिसकेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

नेपाल राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशत तोकिएको छ । अर्थात् बैंकहरू आफूले सङ्कलन गरेको कूल निक्षेप रकमको १० प्रतिशत सुरक्षाका लागि राखेर बाँकी लगानी गर्नुपर्ने हुन्छ । तर, बैंकहरूले विविध कारण लगानी गर्नुपर्ने ९० प्रतिशत रकम लगानी गर्न सकेनन् भने त्यस्तो अवस्थामा सो रकम तरलता हुन जान्छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको भदौ सम्ममा ६६ खर्ब ९५ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । जसमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड रुपैयाँ प्रशोचन भएको थियो ।

साथै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३५ अर्ब ३ करोड ९० दशमलव ५ प्रतिशत) रुपैयाँले बढेको छ । वार्षिक प्रतिवेदन उल्लेख गरिए अनुसार २०८१ भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्क रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस