आज:  | Tue, 12, Nov, 2024

पूर्वमन्त्री अधिकारीको राजीनामा मलाई एमालेको जिम्मेवारीबाट हटाइयोस्

२४ कार्तिक २०८१, शनिबार ०७:०५ मा प्रकाशित ( ३ दिन अघि) ६३ पाठक संख्या
नारी बाटिका


विराटनगर २४ कात्तिक।

कोशी प्रदेश सभा सदस्य एव्ंं पुर्व मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट आफुलाई मुक्त गर्न निवेदन दिएका छन् ।

नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा समक्ष आफुलाई नेकपा एमालेको पार्टीभित्र दिएको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरि पाउँ भन्दै निवेदन दिएका हुन् ।

अधिकारी विरुद्धमा जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोप प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भई त्यस बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पद मुक्त गरिदिन उनले राजिनामा पेश छन् ।

‘साथै आन्तरिक मामिला तथा कानुन मन्त्रीको पदबाट राजीनामा बुझाई सकेको पार्टी परिवारलाई अवगत नै छ, उनले बुझाएको निवेदनमा भनिएको छ, म माथि उठेका सार्वजनिक टिका टिप्पणी र आरोपको सत्य तथ्य छानबिनमा सहयोग पु¥याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुङ्गो नलागेसम्म पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने बताएका छन् ।’

पुर्वमन्त्री अधिकारीले संसदीय जिम्मेवारीको बारेमा भने केही उल्लेख गरेका छैनन् । आफू निर्वाचित सदस्य भएकोले जनताद्वारा निर्वाचित सदस्यको हैसियतले आफू प्रदेशसभा सदस्यको जिम्मेवारीमा भने रहने धारणा राखेका छन् ।

‘मैले पार्टी भित्रबाट मलाई अनुसन्धान गर्नको लागि कुनै हस्तक्षेप नहोस् र निष्पक्ष छानबिन होस् भनेर पार्टीलाई प्रतिनिधि परिषद् सदस्यको जिम्मेवारीबाट हटाउन निवेदन दिएको हुँ’, उनले भने, ‘संसदीय जिम्मेवारीको बारेमा मैले केही उल्लेख गरेको छैन ।’

आफुलाई जापान जाने क्रममा विभिन्न टिका टिप्पणी भएको भन्दै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतबाट पनि यसअघि नै राजीनामा दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस