आज:  | Mon, 21, Apr, 2025

श्रीमतीको टाउको काट्ने र आगो लगाई हत्या गर्ने २जनालाई जन्मकैदको आदेश

२२ कार्तिक २०८१, बिहीबार १६:१२ मा प्रकाशित ( ५ महिना अघि) २७९१ पटक पढिएको
नारी बाटिका


उदयपुर २२ कार्तिक ।

उदयपुरमा श्रीमतीको ज्यान मारेको कसुरमा पक्राउ परेका दुई जनालाई उदयपुर जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ६ जलजलेमा आफ्नी जेठी पत्नीको टाउको छिनाएर जलजले बजार घुमाई मट्टीतेल छर्केर आगो लगाउनेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उदयपुरका जिल्ला न्यायधीस दिपक कुमार खरेलको इजलासले र श्रीमतीलाई आगो लगाउनेलाई जिल्ला न्यायधीस हरिश्चन्द्र इङ्गनामको ईजालासले कार्तिक १३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

गत असोज २२ मा ताप्ली गाउँपालिका वडा नं ४ थाना गाउँ घर भै त्रियुगा नपा ६ जलजले बस्ने वर्ष ३६ को जंग बहादुर घिसिङ तामाङले सामान्य विवादमा आफ्रनी पूर्व श्रीमती वर्ष २८ की प्रमीला लामालाई धारिलो हतियारले हत्या गरी गरी उनको टाउको हातमा लिएर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै सोही जिल्लाको बेलका नगरपालिका ८ का ४८ वर्षका दान बहादुर राईले असोज २२ गते घरायसी विवादका कारण ४० वर्षकी श्रीमती पूर्णकुमारी राईलाई राती साढे नौ बजे घरको भान्सा कोठामा शरीरमा मटितेल छर्किएर आगो लगाएका थिए । उनको छाती र खुट्टाको भाग जलेकोमा तत्कालै बिराटनगर स्थित पारस अस्पतालमा उपचारकालागि लगिएको थियो ।

आगोले जलेर घाइते भएकी पूर्ण कुमारीको बिराटनगर स्थित पारस अस्पतालमा उपचारको क्रममा ज्यान गएकोले मृत्यकका श्रीमानलाई बेलका नपास्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको थियो ।

प्रहरीले दुबै घटनाका बारेमा आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेकामा सरकारी वकिल कार्यालयबाट दुबै जनालाई जन्म कैदको सजाय माग गरेर ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको बताइएको छ । साथै दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैदको सजाय माग गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस