आज:  | Thu, 21, Nov, 2024

आज छठ पर्व,अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पुजाआरधाना गरी मनाइँदै

२२ कार्तिक २०८१, बिहीबार ०८:२९ मा प्रकाशित ( २ हफ्ता अघि) १०९ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ कार्तिक ।

आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। आजको साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागिएको हा्े।

पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। धार्मिम मान्यता बमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको बताइन्छ।

यस्तै ​सूर्य पुराणमा उल्लेख गरिए अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ। मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमी सम्म मनाइँदै आएको छ ।

छठ पर्वको ब्रत बस्दा कार्तिक शुक्ल चतुर्थीका दिन विहान सबेरै स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादका रुपमा खाने परम्परा छ।

छठ पर्वको मुख्य दिन आज अर्थात कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने धार्मिक विधि छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

साथै कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म (छाला) रोग लाग्दैन भन्ने जन विश्वास पनि चलि आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस