आज:  | Mon, 21, Apr, 2025

प्रहरीको उच्च निगरानीमा जापान गएका २० वर्षे किश्वर भ्लगर रतन कार्की

२१ कार्तिक २०८१, बुधबार ०४:३४ मा प्रकाशित ( ५ महिना अघि) ४०९८ पटक पढिएको
नारी बाटिका


काठमाडौं-२१ कार्तिक ।

विद्यार्थी भिषामा केही समयअघि जापान गएका भ्लगर रतन कार्की प्रहरीको उच्च निगरानीमा रहेका छन् । नेपाल प्रहरीले उनलाई नेपाल ल्याउन इन्टरपोललाई पत्र समेत पठाइ सकेको छ । २० वर्षे किश्वर कार्कीलाई नेपाल झिकाइने भएको हो । कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । सोही समयमा जापानमा बस्ने भ्लगर रतनले प्रधानमन्त्रीको ‘ह८त्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरेका थिए ।

कार्कीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ उनको सो भनाइ प्रधानमन्त्रीप्रति लक्षित थियो । सोही आधारमा उनलाई पक्राउ गर्न लागेको हो ।

तर नेपाल सरकारको यस कार्य शैलिप्रति धेरै नागरिकले आपत्ती जनाएका छन् । सामजिक संन्जाल मार्फत कयौं नागरिकले आफ्नो प्रतिकृया पोष्ट गर्दै लेखेका छन्’  सरकारले मान्छे मारा सयौं अपराधीहरु छन् । उनीहरु खुलेआम कुनै न कुनै राजनितिक दलका नेता भएर सांसददेखी स्थानीय तहमा टिकट पाउने ? तर एउटा अल्लोरे उमेरका किश्वर हुन् । जुन उमेर नै मुर्खपन र फरक क्षमताको अवस्था मान्न सकिन्छ ?

तर यसो खन्दैमा जुनसुकै उमेर समुहको हास् अपराधी गतिविधी गर्ने र बोल्ने छुट भने कसैलाई छैन र हुनु हुन्न पनि ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस