आज:  | Thu, 21, Nov, 2024

कार्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

२० कार्तिक २०८१, मंगलवार १५:१३ मा प्रकाशित ( २ हफ्ता अघि) ६२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २० कार्तिक ।

यही कार्तिक २३ गतेदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक रुपमा १० घण्टा बन्द हुने भएको छ। निकै समयदेखी प्रमुख समस्याको रुपमा रहेको विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकोले दैनिक रुपमा १० घण्टा बन्द हुने भएको हो।

विमानस्थलको धावनमार्गको क्षमता बढाउनका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना जति लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

साथै सो काम गर्मी याममा गर्न गारो हुने तथा त्यसै बेला मनसुन पनि हुने भएकोले यो समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनु भयो। महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको बताउनु भयो ।

महानिर्देशक अधिकारीका अनुसार उक्त कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरेका छन्। साथै यस कार्य विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीले स्पष्टीकरण दिनु भएको छ।

यस्तै हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ। अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिव २ अर्ब नोक्शान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता बढाउनका लागि शुरु गर्नुपरेको उल्लेख गरे।

समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीको भनाइ छ। ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताउनु भयो।

काम सूरु भएपछी पनि प्राधिकरणले सो स्तरोन्नतिको कामले वाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ। महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस