आज:  | Mon, 21, Apr, 2025

रवि लामिछानेसहित छविलगायतलाई अदालतमा उपस्थित गराइयो

२० कार्तिक २०८१, मंगलवार ११:३५ मा प्रकाशित ( ५ महिना अघि) ३६५० पटक पढिएको
फाईल तस्वीर
नारी बाटिका


पोखरा २० कार्तिक ।

सुर्यदर्शन लगायतको सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा पुनः उपस्थित गराइएको छ ।साथै यसपछी लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पनि उपस्थित गराउने भएको छ ।

उनीसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनु भयो ।

गएको साता तथा तिहार बिदाकै समयमा हिरासतमा राख्ने म्याद सकिएकाले थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सुदर्शन सहकारीको रकम हिनामिनाको आरोप लागेको छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग जोडिएका व्यक्ति हुन् ।

साथै पुर्वगृह्रमन्त्री समेत भैईसकेका लामिछाने पनि रास्वपाको राजनितिकमा आउनु भन्दा अगाडी गोरखा मिडियाका प्रबन्ध निर्देशक थिए । जोशी यसका सञ्चालक हुन् । यही परिपेक्षमा उनीहरूलाई सहकारीको रकम अपचलनको आरोप लागेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस