आज:  | Tue, 08, Apr, 2025

जापानमा भारी वर्षा,२ लाख मानिसलाई सुरक्षित स्थानमा जान अनुरोध

१७ कार्तिक २०८१, शनिबार १६:०३ मा प्रकाशित ( ५ महिना अघि) ३१७४ पटक पढिएको
नारी बाटिका


एजेन्सी १७ कार्तिक ।

भारी वर्षाका कारण जापानमा जनजिवन अस्त बेस्त भएको छ । आज उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको जोखिम बढेपछी अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्।

जापानी मौसम विज्ञान एजेन्सीले न्यानो,आर्द्र( हावा) ले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको बताएको छ । एजेन्सीले यसको आंशिक कारण कोङ–रे हो भनेको छ । यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय प्रणालीमा स्तरवृद्धि भएको देखाएको हो।

मात्सुयामा शहरका एक अधिकारीका अनुसार ‘शहरले उच्चतम स्तरको चेतावनी जारी गर्दै यसका १० जिल्लाका एक लाख ८९ हजार पाँच सय ५२ बासिन्दालाई स्थानान्तरण गर्न र तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।’

जापानी सरकारले सुचना मार्फत स्थानान्तरण गर्न अनिवार्य नभए पनि जापानको उच्चतम स्तरको चेतावनी सामान्यतया कुनै प्रकारको विपत्ति पहिले नै घटिसकेको अत्यन्त सम्भावना हुँदा सुचना जारी गरिन्छ भनिएको छ।

शनिबार मौसमविद्हरूले पश्चिमी जापान र आइतबार पूर्वी जापानमा पहिरो र बाढीले प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् । आजको भारी वर्षाका कारण टोक्यो र दक्षिणी फुकुओका क्षेत्रबीचको शिनकानसेन बुलेट ट्रेन बिहान छोटो समयका लागि रोकिएको थियो र पछि ढिला तालिकामा पुनः सञ्चालन भएको थियो ।

कोङ–रे बिहीबार ताइवानमा ठोक्किएको थियो । यो दशकौँ वर्ष यताकै ताइवानमा आएको सबैभन्दा ठूलो आँधीमध्ये एक हो। यसले कम्तीमा पनि दुई जनाको ज्यान लियो र दशौँ हजार घरधुरीका मानिसमा बिजुली आपूर्ति अवरुद्ध पारेको थियो। वैज्ञानिकहरूले बताए अनुसार मानव–प्रेरित जलवायु परिवर्तनको भारी वर्षाले पार्ने जोखिमलाई बढाइरहेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस