आज:  | Mon, 07, Apr, 2025

सर्लाहीको बरहथवामा भीषण आगलागी,बजारका पसलहरू जलेर करोडौैंको क्षति

१७ कार्तिक २०८१, शनिबार १०:१४ मा प्रकाशित ( ५ महिना अघि) २५९९ पटक पढिएको
नारी बाटिका


सर्लाही १७ कार्तिक ।

सर्लाहीको बरहथवा बजारमा भीषण आगलागी भएको छ । गएराति भएको भिषण आगलागीको कारण करिब तीन करोड भन्दा बढीको भौतिक क्षति भएको छ। रातको समय बरहथवा नगरपालिका(७ का किसुन दासको घर तथा विभिन्न पसलमा भएको आगलागीले धेरै क्षति पुर्याएको हो।

आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

प्रहरीले जनाए अनुसारआगलागीबाट करिब तीन करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिएको छ । नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलको सबै भन्दा बढी क्षति पुगेको प्रहरीको भनाई छ।

आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको थियो। शुक्रबार राति ११ः३० बजेतिर लागेको आगलागी करिव राति २ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो। स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएको बरहथवा प्रहरीले जनाएको छ।
आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस