आज:  | Thu, 17, Apr, 2025

पालिकाले गैरकानूनी रुपमा सवारी कर उठाएकोले रोक्न निर्देशन

१७ कार्तिक २०८१, शनिबार ०६:५३ मा प्रकाशित ( ५ महिना अघि) १४९९ पटक पढिएको
नारी बाटिका


बिबियु
काठमाडौं १७ कार्तिक ।

गैरकानूनी रुपमा पालिकाहरुले सडकमा कर लिने गरेकाले सो कार्य रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गाउँपालिकाले यातायात व्यवसायीबाट मनपरी तरिकाले कर उठाउँदै आएको गुनासो आएपछि त्यस्ता गैरकानूनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

मन्त्रालयले यही कात्र्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सो पत्रमा गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ९यातायात व्यवस्था शाखा०को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग,सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्को) २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोकिएको थियो । तर हाल आएर विभिन्न स्थानीय सरकारहरुले कर उठाइरहेकोले उक्त कार्य रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयरनिकायहरुमा निर्देशन गरिदिनु हुन भनी लेखी आएको हुँदा आवश्यक समन्वयका लागि अनुरोध छ ।”

यसअघि यातायात व्यवसायीहरुले अवैध रुपमा कर लिने गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटी सो कार्य रोक्न ध्यानाकर्षण गराएका थिए । नेपाल यायातायत व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यही कात्तिक ८ गते यातायात मन्त्रालयलाई स्थानीय सरकारबाट पटके कर उठाइरहेको सन्दर्भमा त्यसलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ ।

सरकारले रोकेको कर उठाउने कार्य पालिकाहरुले जारी राखेको पाइएपछि तत्कालै रोक्न माग भए अनुसार गृहबाट आवश्यक निर्देशन गएकाले रोकिने आशा रहेको यातायात महासंघका अध्यक्ष सिटौलाले बताए । विसं २०७५ सालको मन्त्रिपरिषद बैठकले कर उठाउने कार्य रोक्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्य योजना बनाएर लागू पनि गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस