आज:  | Mon, 21, Apr, 2025

काठमाडौको सार्वजनिक बसमा युवतीलाई चालक र सहचालकले बलात्कार

१६ कार्तिक २०८१, शुक्रबार १६:१४ मा प्रकाशित ( ५ महिना अघि) ३४९५ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ कार्तिक ।

काठमाडौंमा सार्वजनिक बसमा चढेकी एक युवतीमाथी चालक र सहचालक मिलेर बलात्कार भएको छ । ललितपुरको सातदोबाटोबाट बस चढेकी युवतीलाई रिङरोड परिक्रमा गर्ने एक बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेका हुन् । घटनाको भोलिपल्टै पक्राउ परेका चालक जेल चलान भएका छन् ।

सहचालक (खलासी) भने फरार छन् । पीडित युवती सातदोबाटोबाट बस चढेकी बसपार्क लगेर चालक र सहचालकले बलात्कार गरेको खुलेको छ । उक्त घटनापछी पक्राउ परेका चालक,सहचालकले ति पिडितले प्रहरीलाई फोन गर्न लाग्दा आफूले मोबाइल फुटाइदिएको चालक दिपेश कोइरालाले स्विकार गरेका छन् । घटनाको विषयमा कसैलाई भनेमा मारिदिन्छौँ भन्दै धम्काएको पनि स्विकारी बयान दिएका छन् ।

यस घटना गत असोज ९ गते साँझ ५ बजे एक युवती सातदोबाटोबाट बसपार्क जाँदै थिइन् । गाडी कुरिरहेकी उनको अगाडी बा ५ ख ७१३३ नम्बरको महानगर यातायात आएर रोकियो । बसमा सहचालक रौतहट जिल्ला चन्द्रपुर २ घर भएका २७ वर्षको आकाश भन्ने बुद्धिमान वाइबा थिए । त्यसैगरी चालक संखुवासभा खांदबारी ६ घर भई कपन बस्ने वर्षका २३ दिपेश कोइराला हुन् । उक्त बसमा यात्रु भरिभाउ थिए । युवती बसपार्क जान भन्दै गाडीमा चढिन् । गाडी कलंकी हुँदै वालाजु तर्फ लाग्यो ।

गाडी बसपार्क तर्फ जाने क्रममा चालक र सहचालकले सबै यात्रुलाई माछापोखरीमै ओराले । गाडी पार्किङको लागि बसपार्क जान लागेको बताए । सबै यात्रुलाई झारी सहचालक बुद्धिमान वाइबा र चालक दिपेश कोइरालाले अर्को बसमा हालिदिए । बसपार्क जान लागेकी युवती पनि माछापोखरीमै झर्न खोजिन् । तर, उनलाई रोकेर बसपार्क लगेर ओराल्ने चालक – सहचालकले बताए ।

बस बसपार्क लाग्यो । सहचालकले युवतीलाई पानी पिउन दिए । पानी पिएपछि आफू झुम्म पारी निदाएको युवतीले बताएकी छिन् ।आफू ब्युँझँदा काठमाडौं २६ बसपार्कस्थित गुरुमा नामको होटलको कोठा नं। १०९ मा रहेको पाएको जाहेरीमा लेखेकी छिन् ।

साथमा आफूसँगै चालक र सहचालक नग्न अवस्थामा ब्युँझिएको र पटकपटक सामूहिक बलात्कारको सिकार भएको पीडितले जाहेरीमा खुलाएकी छन् ।पीडित युवतीले प्रहरीलाई फोन गर्न लाग्दा आफूले फोन फुटाइदिएको चालक दिपेश कोइरालाले बयानमा स्विकार गरेका छन् । घटनाको विषयमा कसैलाई भनेमा मारिदिन्छौँ भन्दै धम्काएको पनि स्विकार गरेका छन् ।

त्यो रात कोठाबाट बाहिर निस्कन नदिई रातभर कोठामा थुनी भोलिपल्ट १० गते बिहानसम्म बलात्कार गरेको पीडितले बताएकी छिन् । त्यसपछि चालक र सहचालक भागेर गए । चालक भने बस चलाउन गयो। सहचालक भने भागे । पीडितको जाहेरीपछि चालक १० गते साँझ पक्राउ परेका हुन् । उनीविरुद्ध काठमाडौं अदालतमा मुद्दा दायर भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस