आज:  | Fri, 01, Nov, 2024

रवि लामिछानेको बयान सकियो,तिहारपछि रुपन्देही अदालत लगिने

१६ कार्तिक २०८१, शुक्रबार ०४:३३ मा प्रकाशित ( ३ घण्टा अघि) ४३ पाठक संख्या
नारी बाटिका


पोखरा १६ कार्तिक ।

पोखरा जिल्ला प्रहरीमा रवी लामिछानेको बयान सकिएको छ । तर तिहार विदापछी पुनः अदालतमा उपस्थिति गराउने भएको छ । कार्तिक २ गते उनी सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका थिए । पुर्वगृह्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको बयान बिहिबार सकिएको हो । प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो ।

उनी सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका हुन् भने लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ । २ हप्ता अगाडी पक्राउ परेका लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

उनलाई हिरासतमा राख्ने अनुमति बुधवार सकिएपछि बिहिबारदेखि तिहारको बिदा भएकाले तिहारपछि अदालत खुले लगत्तै पेस गरिने कास्की प्रहरीको तयारी रहेको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस