आज:  | Mon, 21, Apr, 2025

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

१२ कार्तिक २०८१, सोमबार ११:०७ मा प्रकाशित ( ५ महिना अघि) २५६३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १२ कार्तिक ।

न्याय परिषद्ले आगामी मङ्सिर १६ मा हुन गैरहेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।

परिषद्ले ३१ जिल्लाका लागी मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । यसैगरी नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा परिषद्ले जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ ।

जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस