आज:  | Sun, 22, Dec, 2024

नुहाउने क्रममा राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

११ कार्तिक २०८१, आईतवार ०४:४० मा प्रकाशित ( १ महिना अघि) ७८८ पटक पढिएको
नारी बाटिका


लुम्बिनी ११ कार्तिक ।

राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको शनिबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

डबेर मृत्यु हुनेमा लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिनु भयो ।

कृष्टी चौधरी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ मा,अध्ययनरत थिईन् । त्यसैगरी झरना चौधरी पत्थरगढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा अध्ययनरत थिईन् भने निशा चौधरी पनि सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस