आज:  | Mon, 21, Apr, 2025

रास्वपाको प्रदर्शन दण्डनीय भएकोको ठहर गर्दै एमालेको प्रेस बक्तव्य

८ कार्तिक २०८१, बिहीबार १५:०४ मा प्रकाशित ( ५ महिना अघि) ४३२३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ कार्तिक ।

नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गरिरहेको प्रदर्शन दण्डनीय भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले आज एक प्रेस वक्तव्य जारी गर्दै छानबिनको प्रक्रियालाई प्रभावित पार्नेगरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु दुस्खद भएको बताएका छन्।

सहकारी ठगी प्रकरणमा सबै पक्षको सकारात्मक सहयोगबाट नै अनुसन्धानको प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दोष नफस्ने कुराको सुनिश्चितता गर्न सकिने वक्तव्यमा उल्लेख गरिएको छ।

‘सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिले निकै समय लगाएर तथ्य सत्य रुपमा पेश गरेको प्रतिवेदन अनुसार नै सरकारले चालेको कदमको अनाबश्यक रुपमा विरोध गर्नु उचित नभएको ठहर गरेको छ । साथै अनुसन्धान र अभियोजनमा दबाब दिने र प्रभाव पार्ने काम कहीँ कतैबाट हुनु हुँदैन। त्यसमाथि अन्तिम रुपमा न्यायिक निरुपणको काम अदालती प्रकृयाबाट हुने वैधानिक स्थापित परम्परा छ।

साथै वक्तव्यमा भनिएको छ‚ ‘यस्तो विषयमा सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु अनुसन्धान र अभियोजन प्रकृयालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त हो।’

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले पोखरामा दिनहुँ प्रदर्शन गरिरहेको छ। प्रदर्शनमा पार्टीका नेता, संघीय सांसद, कार्यकर्ता र शुभेच्छुकहरू समेत सहभागी भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस