आज:  | Sat, 28, Dec, 2024

प्रहरीको हिरासतमा रहेको रवि लामिछानेलाई आज अदालत लगिँदै

८ कार्तिक २०८१, बिहीबार ११:०१ मा प्रकाशित ( २ महिना अघि) ३०४ पटक पढिएको
नारी बाटिका


कास्की-८ कार्तिक ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालतमा लगिँदै छ।

बयान नसकिएकोले उनलाई हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद अनुुमती लिन प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनु भयो।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन्। उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकता रहेको जानकारी गरिन्।

न्यायाधिवक्ता कमला काफ्लेका अनुसार लामिछानेले ‘हामीसँग छिटो बयान सक्नुस् भन्नुभएको छैन। बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि।’ भन्ने धारणा राख्नु भएको छ । साथै बयानका क्रममा समन्वय गरेको न्यायाधिवक्ता काफ्लेको भनाई छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ। सोही प्रकरणमा लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस