आज:  | Mon, 21, Apr, 2025

बसको ठक्करबाट हजुर बुवा र नातिनी दुईको मृत्यु ,घटनास्थलमा तनावग्रस्त

८ कार्तिक २०८१, बिहीबार ०५:५७ मा प्रकाशित ( ५ महिना अघि) ३४८० पटक पढिएको
नारी बाटिका


झापा -८  कार्तिक ।

झापामा रात्रि बसले दुई जनालाई ठक्कर दिएपछी दुबैको घटनास्थलमै मृत्यु भएको छ। बसको ठक्करबाट मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झावाले जनाएको छ ।

काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र१–०१–००१ ख ४३३१ नम्बरको रात्रिकालिन यात्रुवाहक बसले सडक पार गरिरहेका विद्युतीय साइकलमा यात्रा गरीरहेका दुईजनालाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनी दुबैको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको घटनास्थल मै मृत्यु पश्चात्त सो स्थानमा तनावग्रस्त बनेको थियो। सो घटनाले आक्रोशित बनेका स्थानीयले बसका चालकलाई प्रहरीले नियन्त्रण गर्नुअघि सडकबाट शव उठाउन नदिने अडान राखेका थिए। बेलुकी स्थानीयहरूको भिडले राजमार्ग समेत अवरुद्ध पारेका थिए।

आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन्। अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस