आज:  | Sat, 28, Dec, 2024

विमानभित्र बम राखिएको फोन आएपछी नेपाली सेनाले कडाइका साथ ‘सर्च’

७ कार्तिक २०८१, बुधबार ०५:२७ मा प्रकाशित ( २ महिना अघि) ४०७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ७ कार्तिक ।

भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा  बम राखिएको फोन आएपछी  सेनाको डिस्पोजल टोलीले कडाइका साथ ‘सर्च कार्य जारी राखेको थियो ।

भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार तहल्का मच्चिएको थयो भने सो विमानमा नेपाली सेनाले अनुसन्धान गरिरहेको होे ।

भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गर्नुको साथै यात्रुललाई सुरक्षित गरेर अनुसन्धान समेत गरेको थियो । तर सो क्रममा कुनै त्यस्तो शंकास्पद बस्तु फेला नपरेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका बताउनु भएको छ ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको भन्ने जानकारी मुलक फोन दिल्लीबाटै आएको सूचनाका आधारमा नेपाल प्रहरी,नेपाली सेना मार्फत अनुसन्धान भइरहेको जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला मात्रै नभई दिल्लीबाट फोन नै आएपछि भिस्ताराको विमानको खानतलासी गरेको थियो भने तर कुनैपनि शङ्कास्पद वस्तु भने फेला नपरेको जानकारी दिएका थिए । बेलुकी अबेरसम्म विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ लगेज र कार्गो लगातका सामानहरु कडाईका साथ चेक जाँच गरिएको थियो ।

सो खानतलासीपछी काठमाडौँ विमानस्थलको उडान(अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताए । सूचना अधिकारीका अनुसार ‘काठमाडौं विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको भने थिएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस