आज:  | Mon, 07, Apr, 2025

ललितपुर महानगरपालिकामा संन्चालित नेपाल डेरीलाई जरिवाना

७ कार्तिक २०८१, बुधबार ०४:४६ मा प्रकाशित ( ५ महिना अघि) १२५९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ७ कार्तिक ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाल डेरी प्रालिलाई ५० हजार जरिवाना गराएको छ । ललितपुर महानगरपालिका वडा नं १५ स्थितमा संन्चालित बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सरफाइमा पनि लापर्वाही गरेकोले ५० हजार जरिवानाको साथमा कारबाही गरेको हो।

जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकालाई समेत साथमा लिएर विभागले संयुक्त रुपमा अनुगमन गर्दा सो पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार ५० हजार कारबाही गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। साथै उक्त डेरीको भण्डारण तथा सरसफाइ गरी सामानमा लेबल लगाएर मात्र सामान बेच्न पनि विभागले निर्देशन दिएको छ।

यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थितमा संन्चालित कालु स्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ राम्रो नभएको पाइएकोले कारवाही गरेको विभागले बताएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका वडा नं ९ सिनामङ्गलस्थित अरबिका पिजेरिया प्रालिमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको पाइएकोले विभागले जरिवाना गरेको छ ।

सो प्रालिमा उपभोग्य मिति समाप्त भएको र साथै विभिन्न कमी कमजोरी गरेकोले म्याद नदेखिएका केही सामान नष्ट गरिएको बताएको छ । यसरी समय समयमा सम्वन्धित निकायले अनुगमन निरिक्षण गरिदिँदा कालो बजारी र अखाद्य वस्तुको विक्री बितरणमा कमी आउने विस्वास लिएको छ । विशेषगरी चाडपर्वका समयमा व्यवशायीहरुबाट उपभोक्ताहरु ठगीमा पर्ने गरेका थिए । पछिल्लो जिल्ला प्रशासन कार्यालय,घरेलु ,उपभाक्तामन्च आदी सम्वन्धित निकायहरुबाट अनुगमनका कार्यलाई चासो देखाउँदा यस समस्याको केही हल हुने देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस