आज:  | Sat, 28, Dec, 2024

सहकारी ठगी प्रकरणमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी

६ कार्तिक २०८१, मंगलवार १६:०१ मा प्रकाशित ( २ महिना अघि) ६१५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ६ कार्तिक ।

सहकारी ठगी प्रकरणमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीले पत्र पठाएको छ । मितेरी सहकारी बचत तथा ऋण सहकारीको रकम अपचलनमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको रकम अपचलन तथा हिनामिना गर्ने ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।

मंगलबार उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको सचिवालयमा पत्राचार गरिएको सीआईबीका एसपी होमिन्द्र बोगटीले जानकारी दिनु भयो । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । ज्योति गुरुङ र ज्योति भण्डारीले उक्त सहकारीको बचत रकम अपचलन भएपछी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका हुन्।

नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ उक्त सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको बताईएको छ । भण्डारी कम्बोडियामा लुकेर बसेको आशङ्का प्रहरीको छ ।

उनले ज्योति गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

मितेरी सहकारीबाट उनीहरुले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप लागेको छ । तर नेता धनराज गुरुङ र उनकी पत्नी ज्योतिले भने २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको पनि भेटिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस