आज:  | Tue, 22, Apr, 2025

रवि पक्राउ पर्नु स्वाभाविक र सामान्य हो : अध्यक्ष प्रचण्ड

५ कार्तिक २०८१, सोमबार १५:५९ मा प्रकाशित ( ६ महिना अघि) ३४६५ पटक पढिएको
नारी बाटिका


नेपालगञ्ज ५ कार्तिक ।

प्रतिवेदनको सिफारिशमा परेका सबैलाई समाउनुपर्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताएका छन्।

आज विहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नु हुदै पूर्वप्रधानमन्त्री एवं् माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो। संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा साथै प्रतिवेदनले सिफारिश गरेका अन्य दोषी भनिएकाहरूलाई पनि छानबिनका लागि सरकारले पक्राउ गर्नुपर्ने उनको भनाइ छ।

साथै पुर्व गृह्रमन्त्री समेत भैईसकेका लामिछानेबारे अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रूपमा लिनुपर्ने प्रचण्डको भनाइ थियो।

तत्काल देखिएका विभिन्न विषय समेटेर माओवादी केन्द्रलगायतका प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनु भयो।
प्रतिपक्षी दलहरुले सोमवार बेलुकी विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस