आज:  | Sat, 28, Dec, 2024

बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाउने एकजना महिला पक्राउ

५ कार्तिक २०८१, सोमबार १५:२७ मा प्रकाशित ( २ महिना अघि) ६६१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ कार्तिक ।

बालिका र महिलालाई जबरजस्ती बेश्याबृत्तिमा लगाउने नुवाकोटकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तादी गाउँपालिका(३ नुवाकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

गोतामेलाई विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीको टोलले उनकै घरबाट पक्राउ गरेको थियो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार पनि गरेको छ ।

सीता गोतामेले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।

गोतामे उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थपको अनुमति लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस