आज:  | Sat, 28, Dec, 2024

सव डिभिजन वन कार्यालयको मोटरसाईकल जलाएर ध्वस्त

४ कार्तिक २०८१, आईतवार ०५:०७ मा प्रकाशित ( २ महिना अघि) ५७६ पटक पढिएको
नारी बाटिका


डडेल्धुरा ४ कार्तिक ।

डडेल्धुराको परशुराम नगरपालिका परशुरामधामस्थितको सव डिभिजन वन कार्यालयको मोटरसाईकल जलाइएको छ ।

परशुरामधाम सव डिभिजन वन कार्यालयका प्रमुख इश्वरीसिंह बोहरा र सुरेश खाती सवार रहेका सुपप्र ००४–००१ ब ००१९ नम्बर प्लेटको सरकारी मोटरसाइकल पार्किङ गरेर राखिएको अबस्थामा जलाइएको हो ।

प्रहरीले उक्त सरकारी मोटरसाईकल जलाएको आशंकामा स्थानीय ४० बर्षीय धनबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज प्रहरी निरिक्षक सुरज रोकायाका अनुसार मोटरसाइकल परिगाउँस्थित चन्दको घरमा राखेर उनीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्डमा काम गर्न गएको अवस्थामा सोही समयमा मोटरसाइकलमा आगजनी गरिएको हो । सशस्त्र प्रहरीका भुतपुर्व जवान चन्दले मदिरा सेवन गरेर मोटरसाइकल जलाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

आगजनीबाट मोटरसाईकल पुर्णतया ध्वस्त भएको र आगजानी गरिएको मोटरसाईकल सहित प्रकाउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरिक्षक रोकायाले बताए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अभियुक्त चन्द उपर सरकारी सम्पत्तीमा आगजानी गरेको कसुरमा मुद्दा दर्ता गर्न अनुसन्धान शुरु गरिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस