आज:  | Mon, 07, Apr, 2025

सवारी चालकको लागी ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने

३ कार्तिक २०८१, शनिबार १५:१६ मा प्रकाशित ( ५ महिना अघि) ३५५४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३ कार्तिक ।

अब उप्रान्त सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारे जानकारी दिदै नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएको बताउनु भएको छ ।

नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या हल हुनेछ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको प्रधानमन्त्री वलीको भनाई छ ।

भोलिदेखि नै बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था हुने लागु भएको उहाँको भनाई छ । नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको र कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा लागेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

यसबाट राज्यले नागरिकलाई छिटो र छरितो तरिकाले सेवा प्रवाहमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस