आज:  | Fri, 18, Oct, 2024

संकटग्रस्त स्थानीय तह तीन समूहमा वर्गीकृत,पालिकाले करोडसम्म पाउने

२ कार्तिक २०८१, शुक्रबार ०४:५९ मा प्रकाशित ( ६ घण्टा अघि) ४७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ कार्तिक

विपद्‍ संकटग्रस्त घोषणा भएका २० जिल्लाका ७१ स्थानीय तहलाई तीन समूहमा वर्गीकरण गरी सरकारले राहत उपलव्ध गराउने भएको छ। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा बिहिबार अपराह्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २७औँ बैठकले ९ वटा स्थानीय तहलाई एक करोडसम्म उपलव्ध गराउने भएको हो ।

त्यसैगरी १२ वटा स्थानीय तहलाई ७५ लाख र ५० वटा स्थानीय तहलाई ५० लाखका दरले राहत रकम उपलब्ध गराउन सिफारिस गरेको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए।

बैठकमा स्वास्थ्यमन्त्री प्रदिप पौडेल, सामान्य प्रशासनमन्त्री, सुरक्षा निकाय र नीजि क्षेत्रको उपस्थितिमा बिहिबार बसेको बैठकले राहत तथा उद्धारका लागि थप संख्यामा हेलिकप्टर र उपकरण आवश्यक भएको निश्कर्ष निकालेको पनि नकालेको छ।

साथै विपद्‍का घटनाका समयमा खोज तथा उद्धारका कार्यमा नीजि क्षेत्रका साथै गैरसरकारी संस्थासँग भएका स्रोत साधनको प्रयोग गर्न सकिने गरी आगामी बैठकमा सहभागीता सुनिश्चित गरिएको जनाईएको छ।

यसैगरी गत वर्ष पनि जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट धेरै क्षति भएका संरचनाको पुर्ननिमार्ण कार्यमा तिव्रता दिने निर्णय भएको अधिकारीले उल्लेख गरे। साथै, यसवर्षको मनसुन सुरु भएयता भएका विपद्जन्य घटनामा मृत्यु भएका परिवारको एक जनाको बीमा सरकारले गरिदिनुपर्ने गरी सिफारिस पनि गरिएको छ।

हिजोको बैठकमा भएका ७ निर्णयमध्ये कुनै बिहिबारदेखि र कुनै मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै कार्यान्वयनमा आउने भएका छन्। त्यस्तै आजपनि विपद्‍को राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ। त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने प्राधिकरणले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस