आज:  | Fri, 18, Oct, 2024

बाढी पहिरो उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा भयो पीडितले पाउने कहिले

१ कार्तिक २०८१, बिहीबार १२:५६ मा प्रकाशित ( २२ घण्टा अघि) ६८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १ कार्तिक

प्राकृतिक प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा भएको छ । गत असोज १०देखी १२ गतेसम्म परेको अविरल वर्षाले देशका विविभन्न जिल्लामा आएको बाढी पहिरो तथा डुबानका कारण धेरै धनजनको क्षति भएको ठियो । प्रधानमन्त्री उद्धार कोषमा झण्डै २ अर्बको हाराहारीमा सहयोग जुटी सकेको छ । तरपनि पीडितले अहिलेसम्म राहत भने पाउन सकेका छैनन् ।

पिडितका लागी सहयोग उपलव्ध गराउनका लागी हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उक्त कोषमा दाखिला भएको रकम हिजो असोज ३० गतेसम्मको मात्रै भएको जनाईएको छ ।
साथै उक्त कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन्।

यसैगरी, यस कोषमा सहयोग वापत रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायतले पिडितको सहयोगका लागी कोषमा सहयोग गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस