आज:  | Fri, 18, Oct, 2024

आज कोजाग्रत पूर्णिमाः आकाशदीप प्रज्वलन गरी १५दिनको वडादशैंलाई समापन गरिँदै

१ कार्तिक २०८१, बिहीबार ०४:४० मा प्रकाशित ( १ दिन अघि) ९८ पाठक संख्या
नारी बाटिका


भगवती भण्डारी उप्रेती

धादिङ-१ कार्तिक ।

नेपालीहरूको महान् चाड वडा दशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका दिन आकाशदीप प्रज्वलन गरी वडादशैंलाई समापन गरिँदैछ । घटस्थापनाका दिनदेखी सूरु भएको नेपालीको ठुलो पर्व वडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । घटस्थापनाको दिनबाट सुरु भएको वडादशैँ आज रातभर जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरी २०८१को वडादशैंलाई समापन गरिँने भएको हो।

कोजाग्रत पूजाविधि र महत्वः

नेपालका धेरैजसो भु भागमा दशैँको टीका कोजाग्रत पूर्णिमा तथा आजैका दिनमा समापन गरिने प्रचलन रहेको छ । घटस्थापनाका दिन दसैँघर र कोतहरूमा राखिएका जमरा विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजाअर्चना गरी बडादशैंको समापन भएको सूचना दिने प्रचलन रही आएकोछ ।

धार्मिक विधि विधान अनुसार ४ रात्री हुन्छन् र जसमध्यको यस नवरात्री एक हो । तर नवरात्री विजयादशमीकै दिन सकिने भएता पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा मात्र सकिन्छ । साथै आजका दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने गरिन्छ । माता नवदुर्गाहरु मध्यकी अझै शक्तिशाली मानिएकी मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वती मध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई आजबाट बिदा गर्ने प्रचलन रहेको छ ।

आजको दिन अथवा रात्रीकालिन समयमा चन्द्रमाबाट अमृत बर्सिने विश्वास गरिन्छ । त्यसैले आज रातभर जाग्राम बसेर चन्द्रमा तथा लक्ष्मीको आरधना गर्ने प्रचलन रहेको हो । आजको दिन चन्द्रमा सबैभन्दा नजिक हुने भएकाले चन्द्रमा बलियो हुन्छ । चन्द्रमाको किरणले पृथ्वीलाई उज्यालो बनाइ मानिसको जीवनमा पनि खुसीयाली ल्याउने विश्वास गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस