आज:  | Mon, 07, Apr, 2025

दुई दिनदेखि मन्थली–लुक्ला उडान ठप्प,पर्यटकहरु मन्थलीमै अलपत्र

३० आश्विन २०८१, बुधबार ०२:२७ मा प्रकाशित ( ५ महिना अघि) २२२९ पटक पढिएको
नारी बाटिका


रामेछाप ३० असोज ।

दुई दिनदेखी मन्थली–लुक्ला उडान ठप्प भएकोले पर्यटकहरु मन्थलीमै अलपत्र परेका छन् । मौसमको खराव देखिएका कारण सोमबारदेखी मन्थली–लुक्ला उडान ठप्प भएको नागरिक उठ्यान प्रधिकरण रामेछापले जनाएको छ । खुम्बु क्षेत्रमा देखिएको खराब मौसमका कारण उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमणका लागि आएका पर्यटकहरु मन्थलीमै रोकिइ बसेका छन् ।

शनिबारदेखी मौसम खुलेपछि सो क्षेत्रको उडान सुरु भएको थियो । तर फेरी शोमबारदेखी फेरी मौसम बिग्रिएपछि उडान रोकिएको नागरिक उड्डयन कार्यालय रामेछाप मन्थलीका उप–प्रबन्धक हिरण्य साहले जानकारी दिए । साहका अनुसार खुम्बु क्षेत्रमा मौसम बिग्रिँदा सोमबारदेखि मन्थली–लुक्ला उडान हुन सकेको छैन ।

तर मन्थलीदेखी –काठमाडौँ तर्फको उडान भने तालिका अनुसार नै भइरहेको बताएका छन् । यसअघि असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि पटक पटक मौसममा आएको खराबीले सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक प्रभावित भएका छन् । मौसम खराबीकै कारण असोज २३ गतेदेखि तीन दिनसम्म मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।

सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा यो रुटको ६० वटासम्म उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस