आज:  | Fri, 18, Oct, 2024

भारतको गुजरातमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु

२७ आश्विन २०८१, आईतवार ०४:५६ मा प्रकाशित ( ५ दिन अघि) १७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ असोज ।

भारतको गुजरात राज्यमा पर्खाल भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी शहरको जसलपुर गाउँ नजिकै शनिबार निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किएको थियो ।

सो घटना घटेलगत्तै भग्नावशेषमा पुरिएका मानिसलाई बचाउने प्रयास भएको थियो । उद्धारमा खटिएका प्राविधिक टोलीले एकपछि अर्को गरी ९ जनाको शव निकालेको भारतीय प्रहरीले जनाएको छ।

भग्नावशेषमा अन्य केही मानिस पनि पुरिएको आशंका गरिएको छ। त्यसैले मृत्यु हुनेको अझै संख्या बढ्न सक्ने अधिकारीहरूले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एउटा निजी कम्पनीमा ट्याङ्की बनाउन मजदुरहरु खाल्डो खनेको र त्यस क्रममा माटो र जमिनभित्र बनेको पर्खाल भत्किएर घटना भएको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस