आज:  | Thu, 02, Jan, 2025

नेपालबाट पूर्णरूपमा मनसुन बाहिरियो : मौसम विभाग

२७ आश्विन २०८१, आईतवार ०४:२८ मा प्रकाशित ( २ महिना अघि) ८५१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ असोज ।

यो वर्षको मनसुन शनिबारदेखि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरु गरेको मनसुन शनिबार पूर्णरूपमा बाहिरिएको जनाएको हो।

हिजो शनिबार विभागले सूचना जारी गरी बाँकी रहेका बागमती, मधेश प्रदेश र कोशी प्रदेशबाट पनि शनिबार बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको जानकारी दिएको थियो।

असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेश प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको जनाएको थियो।

शनिबार मधेश र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो। यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो। चार दिन ढिलो गरी बाहिरिन शुरु गरेकोमा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको विभागले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस