आज:  | Fri, 18, Oct, 2024

विश्वको ८ मध्यकै अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत : संयुक्त राष्ट्र

२५ आश्विन २०८१, शुक्रबार ०९:१३ मा प्रकाशित ( १ हफ्ता अघि) ७४ पाठक संख्या
नारी बाटिका


काठमाडौं – २५ असोज ।ं

संयुक्त राष्ट्र बाल एजेन्सीले हालै तयार पारेको प्रतिवेदन अनुसार विश्वभरीका आठ राष्ट्रमध्ये एक बालिका र युवतीले बलात्कार र यौन हिंसा सहनु परेको देखाएको छ । जसमा सबैभन्दा बढी पीडित उप(सहारा अफ्रिकामा रेकर्ड गरिएको हो।

हालै युनिसेफले बालबालिका विरुद्धको यौन हिंसा सम्बन्धी आफ्नो पहिलो विश्वव्यापी अनुमान प्रतिवेदन प्रकाशित गरेको छ, द्वन्द्व र असुरक्षाले ग्रस्त उप सहारा देशहरूमा ७९ मिलियन केटीहरू बलात्कृत हुने गरेका छन् भनिएको छ। जुन संख्याको पाँच मध्ये एक १९ वर्षको उमेर नपुग्दै यौन दुर्व्यवहार वा बलात्कारको सिकार हुनु परेको बताईएको छ।

‘साथै यो डरलाग्दो छ,’ केन्याको नैरोबीमा रहेको युनिसेफका बाल हिंसा विशेषज्ञ नन्काली मकसुदले भने, ‘यो पुस्ताको आघात हो।’ यौन दुव्र्यवहारको आघात भोगेका केटीहरू प्रायः विद्यालयमा सिक्न असमर्थ थिए, उनले भनिन्। यसैगरी युनिसेफले गरेको अनुमानमा विश्वव्यापी रूपमा यौन हिंसाले लगभग ३७० मिलियन अर्थात ८ मध्ये एक केटी र युवतीहरूलाई असर पारेको बताइएको छ।

हिजो बुधवार तथा अक्टुवर १० मा प्रकाशित एजेन्सीको रिपोर्ट अनुसार अनलाइन वा मौखिक दुर्व्यवहार जस्ता यौन हिंसाका गैर सम्पर्क प्रकारहरूलाई मध्यनजर गर्दा यो संख्या ६५० मिलियन वा पाँच मध्ये एकमा पुग्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस