आज:  | Sun, 27, Apr, 2025

महोत्तरीमा एक युवतीको शव फेला,तर को हन् पहिचान भने खुलेको छैन

२४ आश्विन २०८१, बिहीबार ११:२१ मा प्रकाशित ( ६ महिना अघि) १८७३ पटक पढिएको
नारी बाटिका


महोत्तरी २४ असोज ।

महोत्तरीमा एक युवतीको मृत अवस्थामा शव फेला परेको छ। बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१ / २२ वर्षीया युवतीको शव फेला परेको हो।

बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म खुल्न सकेको छैन। युवतीको सनाखतको प्रयास भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताउनु खयो ।

घटनास्थलमा शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको शवलाई पोष्टमार्टमका लागि बर्दिवास अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार उक्त युवतीको शव विहान ७ बजे फेला परेको थियो ।

युवतीको शवलाई सामाजिक संजालबाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भइरहेको भनाई छ । साथै घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस