आज:  | Sun, 24, Nov, 2024

काठमाडौंवासीले फेरी मेलम्चीको पानी पिउने मौका जुर्यो

२३ आश्विन २०८१, बुधबार ०५:१५ मा प्रकाशित ( १ महिना अघि) ११४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २३ असोज ।

देशका धेरै जिल्लाहरु मध्यको काकाकुल काठमाडौं शहर वासीलाई फेरी मेलम्ची नदीको पानी पिउने मौका जुरेको छ । यो मौका हालै अर्थात यही असोज २२ गते मन्त्री यादवको प्रतिबद्धताले जुरेको हो । मंगलबार मेलम्ची नदीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट झारेर काठमाडौँ उपत्यकाका बासीमा आपूर्ति सुचारु गरिएको हो ।

केही समययता मेलम्चीको पानी पिउने अवसर पाएका काठमाडौंं शहरबासीले मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी उपत्यकामा पथान्तरण गर्ने मेलम्ची सङ्घर्ष समितिसँग सोमबार भएको सहमति पश्चात् मंगलबार सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति सुचारु भएको थियो ।

यो सुनौलो अवसरसँगै मंगलबारदेखि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका हुन् । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको छलफल तथा वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति गरिएको थियो ।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दशैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने समितिसंगको सहमतीपछी प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेका थिए ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि हिजोदेखि मेलम्चीको पानी काठमाडौं आएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस