आज:  | Mon, 21, Apr, 2025

ज्येष्ठ नागरिकको वृद्धभत्ता लुट्ने चारजना लुटेराहरू पक्राउ

२२ आश्विन २०८१, मंगलवार १५:४४ मा प्रकाशित ( ६ महिना अघि) ३०४६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ असोज ।

ज्येष्ठ नागरिकको रकम लुटेको आरोपमा बाराबाट चार जना भारतीय नागिरकहरु पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैंक बाट निकालिएको ज्येष्ठ नागरिकको वृद्धभत्ता ५० हजार डकैती गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी–४३ का ५९ वर्षीय सुरेशप्रसाद बनिया,सोही स्थानका ४५ वर्षीय शर्मा मुखिया, ४४ वर्षीय शैलेश तिवारी र बिहार मुज्जफरपुर जिल्ला ग्रामपञ्चायत बनजरिया थाना सकराका ३४ वर्षीय रवि दास छन्।

लुटपाट भएका ज्येष्ठ नागरिकको नाम प्रहरीले गोप्य राखेको छ। प्रहरीका अनुसार उनी कलैया उपमहानगरपालिका वडा नम्बर १३ का वासिन्दा हुन्।यही असोज १ गते प्रभु बैंकबाट वृद्धभत्ता निकाली आफ्नो घरतर्फ जाँदै गर्दा बीआर २२ बीजे ३१६४ भारतीय प्लेट नम्बरको मोटरसाइकलमा आएका दुई र अन्य दुई गरी चार जनाको समूहमा रहेका लुटेराहरूले छुरा देखाई ज्येष्ठ नागरिकको पैसा लुटेका थिए।

उक्त घटनापछी प्रहरीको खोजीसुचिमा रहेका लुटेराहरूलाई खोजीको क्रममा उनीहरू पुनः सोही स्थानमा देखा परेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ति लुटेराहरू फेरि त्यही स्थानमा लुटपाट गर्ने योजनाका साथ उनीहरू त्यहाँ पुगेको प्रहरीको भनाइ छ। प्रहरीले लुटपाटमा उनीहरूले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको छ।

लुटेराहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस