आज:  | Sat, 21, Dec, 2024

सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका देशका ४१ स्थानीय तहको सुचि

२० आश्विन २०८१, आईतवार ०६:५४ मा प्रकाशित ( २ महिना अघि) २८९ पटक पढिएको
नारी बाटिका


बिबियु

काठमाडौं–२० असोज ।

सरकारले बाढीपहिरो अति प्रभावित देखिएका विभिन्न जिल्लाका ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट निकै प्रभावित जिल्लाका स्थानीय तहहरु छनौट भएका छन् ।

विपद् प्रभावित यी स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहहरुमा जस अनुसारका रहेका छन् ।

कोशी प्रदेश अन्तर्रगतका जिल्लाको

१, पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका ।
२, ओखलढुङ्गा जिललाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका ।
३. उदयपुरको वेकला नगरपालिका ।

बागमती प्रदेश अन्तर्रगतका जिल्लाको

१.धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका रहेका छन् ।

२. दोलखा जिल्लाका गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिका रहेका छन् ।

३. रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका रहेका छन् ।

४. सिन्धुपालचोक जिल्ला अन्तर्रगतका भोटेकोशी गाउँपालिका ।

५.ललितपुर अन्तर्रगतका जिल्लाको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका ।

६. काभ्रेपलाञ्चोक अन्तर्रगतका जिल्लाको रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका परेका छन् ।

७. सिन्धुली अन्तर्रगतका जिल्लाको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका ।
८.मकवानपुर अन्तर्रगतका जिल्लाको इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिका ।
९. चितवन जिल्लाको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ।

उल्लेखित स्थानीय तहमा पर्ने राजमार्ग क्षेत्रका सडकमा भएका गम्भिर क्षतिमा सडकसञ्जाल विच्छेद भएको, नदीको तटीय क्षेत्र डुबानमा परेको, पुल बगाएको, विद्युत् र टेलिफोनको टावर तथा पशुचौपाया र कृषि क्षेत्रमा क्षति पुगेकाले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस