आज:  | Thu, 21, Nov, 2024

गोरखामा डेंगु सक्रमणको कारण एक महिलाको मृत्युु

१९ आश्विन २०८१, शनिबार ०९:०२ मा प्रकाशित ( १ महिना अघि) १०० पाठक संख्या
नारी बाटिका


गोरखा १९ असोज, ।

गोरखामा डेंगु सक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्युु हुनेमा सिरानचोक गाउँपालिका– ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ।

उनीलाई गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उनको उपचार भएको थियो। स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यसअघि पनि गोरखामा १ जनाको मृत्यु भएको थियो । यससंगै डेंगु सक्रमणकै कारण गोरखामा मृत्यु हुनेको संया २ पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माका अनुसार साउन १ गते देखि भदौ महिनासम्म ४२२ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस