आज:  | Sat, 21, Dec, 2024

नारायणघाटदेखि काठमाडौंसम्म गुड्ने ट्रेलर तथा ठूला सवारी सञ्चालनमा रोक

१९ आश्विन २०८१, शनिबार ०४:११ मा प्रकाशित ( २ महिना अघि) २०१ पटक पढिएको
नारी बाटिका


बिबियु,संवाददाता

काठमाडौं–१८ असोज ।

घटस्थापनादेखि पूर्णिमासम्म यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा गुड्ने ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउने जनाएको छ।

सुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै ‘ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते तथा वडादशैंको अन्तिम दिन कोजागत पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाइएको उल्लेख गरेको छ।

प्रचलित कानुनबमोजिम आयातित मालबाहक सवारीको हकमा भने भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयात तथा निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको सुचनामा उल्लेख छ।

विशेषगरी दशैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यो निर्णय लिनुपरेको उल्लेख गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, लगायतको सहयोगको अपेक्षा पनि गरिएको छ ।

त्यसैगरी यस कार्यमा सहयोग तथा जानकारी गर्नका लागी ल्होत्से बहुउद्देशीय प्रालि, नाडा, सिप्रदी समेतका सरोकारवालसँग असोज ०८ गते छलफल गरेर यो निर्णय गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जारी गरेको सूचनामा उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस