आज:  | Fri, 18, Oct, 2024

मोटरसाइकल दुर्घटनामा परी टीकाराम लामिछानेको मृत्यु

१८ आश्विन २०८१, शुक्रबार ०३:४६ मा प्रकाशित ( २ हफ्ता अघि) ११४ पाठक संख्या
नारी बाटिका


काठमाडौं– १८ असोज ।

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । बिहिबार गोरखाको सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उक्त घटना गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित मोटरसाइकल आफै भएर दुर्घटना भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस