आज:  | Mon, 07, Apr, 2025

पृथ्वीराजमार्गको कृष्णभीर सडक भासियो, यातायात एकतर्फी सञ्चालन

१७ आश्विन २०८१, बिहीबार १४:०४ मा प्रकाशित ( ६ महिना अघि) २८७३ पटक पढिएको
नारी बाटिका


धादिङ १७ असोज ।

धादिङ जिल्लाको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभीरमा सडक भासिएपछि राजमार्गमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भएको हो।

हिजो बुधवार)दिउँसो सो क्षेत्रमा सडक भासिएर त्रिशूली नदीमा बगेपछि सवारी एकतर्फी भएको र यसलाई व्यवस्थापनका लागि सडक जाँच गर्न भुगर्भबिधको टोली बोलाएर परीक्षण गरिरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनु भयो ।

सवारीसाधन एकतर्फी रुपमा मात्रै संन्चालन भएपनि भासिएको सडक भएको स्थानमा प्रहरी खटाएर ट्राफिक व्यवस्थापन मिलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक, तथा सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनु भयो।

उक्त स्थानमा नदी किनारदेखि सडक भासिन सुरु भएकोले ठूला सवारीलाई दुईतर्फी सञ्चालन गर्न सक्ने अवस्था नरहेको ट्राफिक प्रहरीले बताएको छ। सडक करिब ३० मिटरको दुरी भासिएको छ भने साना सवारीहरुले भने सहजै आउजाउ गरिरहेका छन् । ठूला सवारीहरुलाई आलोपालो गरी भासिएको स्थानबाट पास गर्ने व्यवस्था मिलाईएको छ ।

सडक भासिएपछी बुधबार धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित भूगर्भविद् डा.सौलभ भण्डारीको टोलीले भासिएको स्थानको अनुगमन गर्नु भएको थियो ।यस अघिपनि त्यस स्थानमा पहिरो चलेकोे र अहिले फेरि भासिएकोले तत्काल मर्मत गर्ने सम्भावना नरहेको भूगर्भविद् भण्डारीको भनाइ छ ।

त्रिशुलीनदीबाट नै सडक भासिएको हुनाले पहिला जसरी पर्खाल उठाउनु पर्ने अवस्था रहेको बताइएको छ । साथै भासिएको स्थानमा नदीले कटिङ गरिरहेको छ । सडक असुरक्षित बनिरहेको देखिएको छ । साथै यसै साता परेको अविरल वर्षाको कारण माथिल्लो भेगमा पनि दुई वटा पहिरो खसेको थियो ।

सो कारणले पनि पृथ्वी राजमार्गको जोखिमपूर्ण स्थानहरुमा २४ सै घण्टा प्रहरी परिचालन गर्न थालिएको छ । साथै जिल्ला प्रहरी कार्यलय धादिङले संवेदशनसिल ठाउँमा सादा पोसाकका प्रहरी र पहिरोको जोखिम देखिएका स्थानको पाँच सय मिटर पर सवारी रोकेर व्यवस्थापन मिलाइएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस