आज:  | Sat, 21, Dec, 2024

आजको मौसमको जानकारीःयी दुई प्रदेशमा धेरै वर्षाको सम्भावना,तराईमा हावाहुरी

१७ आश्विन २०८१, बिहीबार ०७:२४ मा प्रकाशित ( २ महिना अघि) ५४५ पटक पढिएको
नारी बाटिका


काठमाडौं – १७ असोज ।

हाल देशभर मनसुनी वायुको प्रभाव परी रहेको छ। भारतको उत्तर(पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
आज कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

त्यस्तै कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावारहुरीको समेत सम्भावना रहेको छ । यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तर आजपनि कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको छ । त्यसै कारण यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस