आज:  | Sat, 21, Dec, 2024

रोशीमा अड्किएका यातायात मजदुरलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

१७ आश्विन २०८१, बिहीबार ०६:४५ मा प्रकाशित ( २ महिना अघि) ४३१ पटक पढिएको
नारी बाटिका


बिबियु नारी बाटिका डट्कम

काठमाडौँ १७ असोज।
गृहमन्त्री रमेश लेखकले “बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र मजदुरलाई तत्कालै राहत उपलब्ध गराउन निर्देशन दिनु भएको छ । केही दिनदेखी रोशी क्षेत्रमा अलपत्र परेका यातायातका मजदुरलाई जतिसक्दो छिटो राहत उपलव्ध गराउन निर्देशन दिनु भएको हो । यसैगरी बाढी पहिरोबाट अवरुद्ध भएका सडकमा सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गर्नु भएको छ।

नेपालीहरुको महान् पर्व दशैं नजिकिँदै गर्दा उहाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबान लगायतका प्राकृतिक विपदबाट अवरुद्ध राजमार्गका सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका हुन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा विपदमा भएको छलफलमा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला यातायात सहज र सुरक्षित सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घरसङ्गठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

“विपद्को अप्ठ्यारो स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै कायमै छ ”, । उहाँले भन्नु भयो “बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।”

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनु भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए। “अवरुद्ध यातायात संन्चालन गर्न मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रालगायत विषयमा छलफल भयो”, उनले भने, “हामीले सवारीसाधन जाँच गर्ने लगायतका विषयमा पनि छलफल गरेका छौँ।”

सोही छलफलमा मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी सक्रिय रहेको बताउनु भएको छ । “पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायतका स्थानमा अझै पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नु भयो, “चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज यात्राका लागि गम्भीर भएर लागिपरेका छौँ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस