आज:  | Mon, 07, Apr, 2025

लहलह झुलेर काट्ने बेला भईसकेको धान यसै साताको दैविक विपद्को कारण तहस-नहस

१६ आश्विन २०८१, बुधबार ०६:४२ मा प्रकाशित ( ६ महिना अघि) ३३५३ पटक पढिएको
नारी बाटिका


सिन्धुली– १६ असोज ।

लहलह झुलेर काट्ने बेला भईसकेको धान यसै  साताको  दैविक विपद्को कारण तहस-नहस बनाएको छ । बाढ़ी र डुबानबाट  प्रभावित अधिकाँश जिल्लाका कृषकहरुको लाखौंको धानबाली नष्ट पारेको छ ।  अविरल वर्षापछि बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भएको छ। यसै असोज १०देखी १२ गतेसम्मको प्रकृतिक विपत्तिले मानिससहित कृषि बाली, पशुपन्छी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधारमा नसोचेको क्षति पुर्‍याएको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्‍बाट सिर्जित परिस्थितिको बारेमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षति पत्ता लगाएर आगामी रणनीति योजना बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण संकलन कार्यले तिब्रता पाएको छ।

मंगलवारसम्मको प्रारम्भिक विवरण अनुसार विपद्‍बाट धानबालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए। उनले भने, ‘मन्त्रीज्यूले छिटो तथ्यांक संकलन गर्न भन्नुभएको छ, प्रदेशहरूबाट प्रारम्भिक विवरण आउन थालेको छ।’ जस अनुसार विवरण आउने क्रम रहेको बताए।

उनका अनुसार बढी धानबालीको क्षति भएका जिल्लाहरुमध्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बाग्लुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा धानबाली नष्ट भएका छन्। बढी मधेश प्रदेशको धानखेती तहसनहस बवस्था भएको छ। त्यसपछिको धानखेतिको क्षति बागमतीमा छ।

प्रारम्भिक विवरण अनुसार खोटाङमा १ हजार ३०० हेक्टरमा रहेको अलैँची नष्ट हुँदा ७० करोडको क्षति भएको छ भने पर्सामा ३४ करोड रुपैयाँ बराबरको ८५ हजार हेक्टरमा रहेको उखुमा क्षति पुगेको छ। मन्त्रालयमा प्राप्त भएका हालसम्मका विवरण अनुसार १ अर्ब १३ करोड बराबरको ४५८ हेक्टर माछापोखरी र २४ वटा पशुगोठमा क्षति पुगेको छ भने २६ हजार २०५ वटा पशुपन्छी मरेका छन्।

त्यस्तै २२ हेक्टरमा रहेको फलफूल बगैँचा, ४ हजार ७४३ हेक्टरमा रहेको तरकारी बाली, २ वटा कोल्डस्टोर र १६ करोड रूपैँया बराबरको भौतिक तथा अन्य संरचनामा क्षति पुगेको छ। कुन प्रदेशमा कति क्षति पुग्यो त भन्ने बारेमा नारी संन्चारले राखेको जिज्ञासामा हालसम्म मधेस प्रदेशमा ५ अर्ब बढीको धानबाली नष्ट भएको छ। यस प्रदेशका आठवटै जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ४२ हजार ६९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पर्दा ५ अर्ब ४ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

सबैभन्दा बढी रौतहटमा १० हजार २४३ हेक्टरमा लगाइएको धानबाली प्रभावित भएको छ भने सप्तरीमा ९ हजार ३६७, सर्लाही ६ हजार ५८५, बारामा ६ हजार ४७२, महोत्तरी ४ हजार २५९, धनुषा ७०० र सिराहामा १५८ हेक्टर जमिनको धानबालीमा क्षति पुगेको छ। यस्तैगरी ४ हजार ३९३ हेक्टर जमिनमा लगाइएको तरकारी नष्ट हुँदा १ करोड ३२ लाख, २२ हेक्टरको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा ३ करोड ४० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको बताइएको छ।

बाढी र डूबानका कारण १४ हजार २०५ वटा पशुपन्छी मर्दा ७६ लाख बराबरको क्षति भएको छ भने ४५८ हेक्टरमा गरिएको मत्स्यपालनमा २३ करोड बढीको क्षति भएको छ। अन्य विवरण आउन बाँकी छ। प्रदेशमा बाढी र डुबानले धानबाली, तरकारी, फलफूल, उखु खेतीसँगै माछा पोखरी, पोल्ट्री फार्ममा क्षति पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा.सरोज चौधरीले जानकारी दिए।

त्यसैगरी गण्डकी प्रदेशमा कृषितर्फ ७ करोड ३८ लाख ८३ हजार कृषितर्फ र पशुपन्छीतर्फ ५४ लाख ७६ हजार ५०० रूपैँया बराबरको क्षति भएको छ र पूर्वाधार तर्फ पनि क्षति पुगेको बताइएको छ। सोही प्रारम्भिक विवरणमा ६२७.२५ हेक्टरमा लगाइएको धान,२१ हेक्टर फापर, करिब ७ हेक्टरको गहुँ, २।३ हेक्टरमा रहेको कोदो तथा फलफूलतर्फ १८।७५ हेक्टर केरा, ३।५ हेक्टर कागती र २ हेक्टर बढी क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा क्षति पुगेको गण्डकी प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी प्रवक्ता डा. शोभा शर्माले जानकारी दिइन्।

डा.शर्माका अनुसार, पशुपन्छीतर्फ ५४ लाख ७६ हजार ५ सयको क्षति भएको छ। दुईवटा गाई, चारवटा भैँसी, १३ वटा बाख्रा, ४० वटा बँगुर, ७ वटा च्याङ्ग्रा, ३२ हजार १५ वटा कुखुरा मरेका छन् भने २५ हजार केजी पन्छीका दाना नष्ट भएको प्रारम्भिक तथ्यांक आएको छ। क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ। ३७।५ विगाहा क्षेत्रफलमा रहेको माछा पोखरीमा क्षति भएको प्रारम्भिक विवरण छ, अरु विवरण आउने क्रम जारी छु, डा.शर्माको भनाई छ।

उल्लोखित प्रदेशको तुलनामा कम क्षति भएको भनिएको बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार, विपदबाट कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको बताएका छन्। साथै हिजो (मंगलवार)सम्म प्राप्त प्रारम्भिक विवरण अनुसार, सिन्धुलीमा ९०८ हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट भएको छ। चितवनमा ४५ हेक्टरमा लगाइएको धान, ६० हेक्टर तरकारी बाढी र कटानले क्षति पुर्‍याएको जनाइएको छ।

यस्तै मकवानपुरमा २ हजार ७७१।५ हेक्टरमा लगाइएको धान बाढी र कटानले नष्ट भएको छ। १३.५ हेक्टर तरकारी, ३० हेक्टर मकै, ४४ हेक्टर मास, ३० हेक्टर फापर, ०।५ कोदो, ३५ हेक्टर गहत गरी ३ हजार ४९.५ हेक्टर क्षेत्रफलमा रहेको कृषि बाली नष्ट भएको प्रारम्भिक विवरण आएको मन्त्रालयले जनाएको छ। साथै काभ्रे जिल्लाको पनौती, बेथानचोक, भूल्मु, तेमाल, खानीखोला, नमोबुद्ध, पाँचखाल, धुलिखेल, बनेपा, मण्डन देउपुर, चौँरी देउराली, महाभारत, रोसीमा ६७९.२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ।

सोही समयमा धादिङका राजमार्ग वरपर बिजुलीको पोल ढलेका कारण संचार अवरुद्ध रहेको भन्दै मन्त्रालयले धुनिवेशी, थाक्रे गजुरीको जमिन कटान भएको र पालिकाहरुबाट क्षतिको विवरण प्राप्त भइ नसकेको जनाएको छ। नुवाकोट र रामेछापबाट क्षति विवरण प्राप्त भएको छैन भने ललितपुरमा प्राविधिकहरू फिल्डमा रहेको र क्षतिको आँकडा आइ नसकेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी अझै ठुलो पहिरो तथा बाढीमा परेर ५६ वटा गाई, ३० वटा भैँसी, १२० वटा बाख्रा, १८३ वटा सुँगुर बँगुर र १२ हजार १३१ वटा कुखुरा मरेका छन् । काभ्रेको पनौती नगरपालिका पशु सेवा शाखा प्रमुख डा.दीपिका रेग्मीका अनुसार, त्यस क्षेत्रमा मात्र करिब ३०० को संख्यामा गाई।, भैँसी र बाख्रा मरेका बताएकी छन्।

यसैगरी कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलका अनुसार बालीतर्फ, ओखल्ढुङ्गा, तेह्रथुम, पाँचथर, भोजपुर, सोलु, खोटाङ, झापाबाट प्राप्त विवरण अनुसार अलि बढी खोटाङमा १६१ हेक्टरको धानमा करिब ४३ प्रतिशत क्षति पुगेको छ। यस प्रदेशमा समग्रमा ४४३ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा करिब ४० देखि ५० प्रतिशत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए। झापाको झापा गाउँपालिकाको मात्र विवरण प्राप्त भएको शाखा प्रमुख रेग्मीको भनाईछ।

तर सङ्खुवासभा, इलाम र धनकुटामा भने कृषी बालीतर्फ क्षति भएको जानकारी नआएको उनले बताईन् । पशुपन्छीतर्फ १४ जिल्लामध्ये खोटाङ र मोरङबाहेकका जिल्लामा १७० वटा पशुचौपाया मरेका र पशुका २४ वटा खोरमा क्षति पुगेको छ।

देशका ७ प्रदेश मध्य कर्णाली र लुम्बिनीमा भने क्षति भएको छैन ।कर्णालीका जिल्लाहरूमा अहिलेसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त नभएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी कृषि अधिकृत पूर्णबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रत्येक पालिकाहरुलाई क्षतिको विवरण जानकारी गराउन पत्राचार गरिएको छ।

साथै, लुम्बिनी प्रदेशमा कतै असर नगरेको कृषि मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले बताए। सुदूरपश्चिम प्रदेशको विवरण प्राप्त नभइसकेको मन्त्रमलयले जनाएको ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस