आज:  | Fri, 11, Apr, 2025

खोटाङमा बाढीपहिरोले ३३ घर पुरियो, तराईसँग सिधा सम्पर्क विच्छेद

१४ आश्विन २०८१, सोमबार ०७:१३ मा प्रकाशित ( ६ महिना अघि) ३५४६ पटक पढिएको
नारी बाटिका


खोटाङैं – १४ असोज ।

अविरल वर्षासँगैको बाढी पहिरो र डुबानले खोटाङ जिल्लामा ३३ घर पुरिएका छन्। साथै ३८ घरमा आंशिक क्षति पुगेको छ।

केही दिनदेखीको अविरल वर्षाको कारण खोटाङमा ३३ घर पुरिएका छन् । मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको सम्पत्तीको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो। प्रमुख जिलला अधिकारीका अनुसार पहिरोले दुईजना घाइते भएका छन्।

‘सोही बाढी र पहिरोले जिल्लामा ठूलो क्षति पुगेको बताईएको छ। यद्यपी क्षतिको पूर्ण विवरण अझै आउन भने बाँकी रहेको बताईएको छ ।, ‘उहाँले भन्नु भयो १० स्थानीय तह रहेको खोटाङ जिल्लामा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन् , १८ वटा पशुचौपाया मरेका छन्। विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ।’

बाढी,पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ। प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ।

साथै बाढी र पहिरोले घर बगाएर विस्थापित बनेका १३५ घर परिवारलाई नजिकको विद्यालय तथा आफन्तकोमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनु भयो। बाढी र पहिरोले एउटा पक्की पुल बगाउनाका साथै पाँच झोलुङ्गे पुलमा क्षति गरेको छ। उद्धारमा खटिएका प्रहरी अझै घटनास्थलमै रहेको बताईएको छ ।

, त्यसैगरी पछिल्लो समयमा भएको भारी वर्षाका कारण ‘जिल्लामा भएको क्षतिको विवरण संकलन भैरहेकोले प्रतिवेदन आएपछी मात्रै एकिन हुने प्रजिअ ले बताउनु भयो । प्रहरी नायब खड्काका अनुसार अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र ७९ लाख ९९ हजार रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी प्राप्त भएको छ। थप विवरण आउन बाँकी छ।’

बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यलय खोटाङले छ। खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका(१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ।

विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुल शनिबार दिउँसोको बाढीले बगाएको हो।
फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँग जोडिएको सिधा सम्पर्क विच्छेद भएको छ। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को पुल समेत बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस