आज:  | Mon, 30, Dec, 2024

‘ओभरसुट’गरेको थाई एअरको जहाज खराब मौसमका कारण आकाशमै घुमिरह्यो

११ आश्विन २०८१, शुक्रबार १३:५४ मा प्रकाशित ( ३ महिना अघि) ६३० पटक पढिएको
नारी बाटिका


काठमाडौँ ११ असोज।

खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । आज थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको(आकाश मै होल्ड भइरहेको छ । उक्त विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नुको कारण विमानले ओभरसुट गरेको हो ।

साथै मौसम खराब भएकोले भिजिबिलिटी हुदा झन्डै एक घन्टादेखि थाई एयरको जहाज आकाशमै होल्ड हुने अवस्था आएको हो। थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको)आकाशमै होल्ड भइरहेको हो ।

उक्त विमानले मिस एप्रोच (सही बाटो चिन्न कठिनाई भएपछि विमानले ओभरसुट गरेको हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गर्ने गरिन्छ ।

थाई एयरवेजको फ्लाइट टीजीथ्रीवाननाइन बोइङ्ग ७७७ को बैंककबाट काठमाडौं आएको थियो । त्रिभुवन विमानस्थल प्रमुख जगन्नाथ निरौलाले भने, ‘मौसमको कारण थाई एअर लगायत केही विमान बस्न सकेको छैन । आन्तरिक उडानहरु त झनै धेरै प्रभावित भएको छ ।

आज त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर र भोली पनि झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुने जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस