आज:  | Tue, 22, Apr, 2025

सहकारी ठगी आरोपमा रवि पक्राउ पर्ने संकेत देखिएपछी रास्वपाका भ्रमण टोली चीनबाट फर्किए

१० आश्विन २०८१, बिहीबार १४:१० मा प्रकाशित ( ६ महिना अघि) ३९१९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० असोज।

रास्वपाका चीन भ्रमणमा रहेका पार्टीका नेताहरु भ्रमण नै रद्ध गरी आज फर्किएका छन्। उपसभापति स्वणिम वाग्लेको नेतृत्वमा १० दिने चिन भ्रमणमा गएको टोली बिहिबार काठमाडौं फर्किएको हो।

संसदीय छानविन समितिले गहिरो रुपमा अध्ययन गरेर लामिछाने लगायतका केही राज्यका उच्च पदमा रहेका नेता तथा पुर्व उच्चै तहका कर्मचारीलाई सहकारी ठगी प्ररणमा दोषी पाईएपछी सरकारले वाध्य भएर कारवाही अघि बढाउनु पर्ने अवस्था देखिएको बताएको छ ।

सोही प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि ९ दिनको लागी चिन भ्रमणमा गएका आफ्ना नेताहरुलाई नेपाल फर्कन पार्टीले निर्देशन दिएकाले उनीहरु आजै नेपाल फर्किएका हुन्।

परिस्थिति र अवस्थालाई हेरेर ९ दिनको भ्रमणलाई छोट्याएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले त्रिभुवन विमानस्थल आईपुगे लगतै बताएका थिए। आज ८ जना फर्किएको र बाँकी ६ जना नेता भने भोलि फर्किने उनले बताए।

सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय विशेष छानविन समितिले रास्वपा सभापति रावि लामिछानेलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ। तर पुर्व गृह्रमन्त्रीसमेत भएका लामिछानेले विभिन्न सामाजिक संन्जाल ,कार्यक्रम तथा सबै हिसावबाट आफू निर्दोष रहेको भनी आफूलाई फसाउन खोजिएको आरोप लगाई गिरफ्तारी गरिए जनताले बचाउने अभिव्यक्ति दिँदै आएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस