आज:  | Sat, 21, Dec, 2024

सर्लाहीमा गोली हानी श्रीमतीको हत्या गरी आफ्नै बावुलाई पनि गोली हानेर घाईते

१० आश्विन २०८१, बिहीबार १०:१७ मा प्रकाशित ( २ महिना अघि) ३४१ पटक पढिएको
नारी बाटिका


सर्लाही १० असोज।

सर्लाहीमा गोली हानेर एक पुरुषले श्रीमतीको हत्या गरी आफ्नै बावुलाई पनि गोली हानेर घाईते बनाएका छन् । सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्।

सुक्रबार राति अन्दाजी १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका थिए ।

उनीहरूबीचमा केही समयदेखी घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति नै घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनु भयो।

साथै छोरा बुहारको राति झगडा पर्न थालेपछी ससुराले बुहारीलाई हातपात नगर भनी सम्झाउँदा घटनामा संलग्न युवकले विवादमा आफ्नै ५४ वर्षका बुवा रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस