आज:  | Tue, 28, Jan, 2025

एक नेपाली युवतीको भारतमा निर्ममतापूर्वक हत्या,फ्रीजभित्र टुक्रा टुक्रा शव भेटियो

९ आश्विन २०८१, बुधबार १३:१६ मा प्रकाशित ( ४ महिना अघि) १२२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ असोज।

भारतको बेंगलुरुमा एक नेपाली युवतीको निर्मतापूर्वक हत्या भएको छ । तर आजसम्म प्रहरीले यस घटनामा कसैलाई पनि पक्राउ गर्न सकेको छैन । ति युवतीको हत्या गरी फ्रीज भित्र शवका टुक्रा पारी राखिएको र सो शव सडेको अवस्थामा दुर्गन्ध आएपछि केही दिनअघि मात्र घटना बाहिर आएको हो।

टाइम्स अफ इन्डियाले जनाए अनुसार एच महालक्ष्मी दासको हत्या भएको हो । गत शनिबार दिउँसो ३ः३० बजे मृतककी आमा र दिदीले उनी बसेको अपार्टमेन्टबाट दुर्गन्ध आएपछि घरधनीले बोलाएर मुख्य ढोका र त्यसपछि फ्रीज खोल्दा उनको हत्या भएको जानकारी पाएका थिए। उनको शवको टुक्रा संकलन गरेपछि प्रहरीले कोठामा महालक्ष्मीको ओछ्यानमा मोबाइल फेला पार्‍यो ।

मृतकको मोबाइलको सीडीआर अर्थात् कल डिटेल रेकर्ड जाँच गर्दा यो फोनबाट अन्तिम कल २ सेप्टेम्बरमा भएको पाइयो । त्यसयता उक्त मोबाइलबाट कुनै नम्बरमा फोन गएको वा आएको नपाईएको प्रहरीको भनाई छ । यसबाट बेंगलुरु प्रहरीले महालक्ष्मीको हत्या सेप्टेम्बर २ र ३ को बीचमा भएको हुनसक्ने अनुमान गरेको छ । तर, प्रश्न थियो– महालक्ष्मीलाई कसले किन यति निर्ममतापूर्वक मार्‍यो ? यस विषयमा बेंगलुरु प्रहरीले अनुसन्धान थालेको छ ।

भारतीय अखबार आजतकका अनुसार महालक्ष्मी श्रीमान्‌‌सँग सन् २०२३ देखि छुट्टिएर बसेकी थिइन् उनका आमा र बहिनीसँग प्रारम्भिक सोधपुछ गर्दा सन् २०१९ सम्म पूरै परिवार नेपालमै रहेको खुलेको छ । सोही वर्ष महालक्ष्मीको विवाह हेमन्त दास नामका एक नेपाली केटासँग भयो । विवाहपछि दुवै जना रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बेंगलुरु पुगेका थिए ।

त्यसपछी हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने उनकी पत्नी महालक्ष्मीले प्रख्यात महलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको रुपमा काम पाइन् । उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले । केही समयपछि छोरीको जन्म भयो ।सन् २०२३ सम्म उनीहरूको जीवन खुशीसाथ चलिरहेको थियो । तर, सन् २०२३ मा हेमन्त र महालक्ष्मी एकअर्कासँग छुट्टिए । तर उनकी छोरी भने हेमन्तसँग बस्थिन् ।

महालक्ष्मी भने ५ महिनादेखि व्यालिकवाल क्षेत्रमा भाडाको घरमा बस्थिन् । छोरीलाई भेट्न उनी पन्ध्र दिन वा १ महिनामा एकपटक हेमन्तको घर जान्थिन् । तर श्रीमान् हेमन्तलेभने महालक्ष्मीप्रति शंका गर्न थालेका थिए ।जसका कारण हेमन्त र महालक्ष्मीबीचको दूरीको कारण त्रिकोणात्मक प्रेम थियो । हेमन्तले महालक्ष्मी र उत्तराखण्डमा काम गर्ने अशरफ नामका एक युवाबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै झगडा पनि भएको थियो ।

यही झगडाका कारण करिब ९ महिनाअघिदेखि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन् । केही महिना आमा र बहिनीसँग बसेपछि ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन् । उनको छिमेकी सम्बन्ध राम्रो थियो । छिमेकीहरुका अनुसार महालक्ष्मीको आसपासका मानिससँग राम्रो सम्बन्ध थियो ।

उनी कसैसँग पनि धेरै बोल्दैन्थिन् । उनी हरेक बिहान साढे नौ बजे काममा जान्थिन् र राति साढे १० बजे घर फर्कने गर्थिन् । संधैजसो एक अपरिचित व्यक्तिले महालक्ष्मीलाई घरबाट लैजाने र ल्याउने गर्दथे । तर, त्यो व्यक्ति को थियो भन्ने कसैलाई थाहा छैन । बेंगलुरु प्रहरीका अनुसार अपरिचित व्यक्ति को हो भनेर पत्ता लगाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार महालक्ष्मीको हत्यारा पनि त्यही अपरिचित हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

बेंगलुरु प्रहरीका अनुसार अहिलेसम्म महालक्ष्मीका श्रीमान् हेमन्त दास र अशरफसँग लामो बयान लिइसकिएको छ । दुवैको सेप्टेम्बर २ देखि १९ सम्मको मोबाइल लोकेशन र कल डिटेल रेकर्डमा अनुसन्धान गरिरहेको छ । महालक्ष्मी बेपत्ता भएको र उनको मोबाइल बन्द भएको दिनदेखि घरमा कोही पनि नआएको प्रहरी अनुसन्धानले देखाएको छ ।

छिमेकीले पनि सेप्टेम्बर २ पछि वा त्यसपछि महालक्ष्मीको घरबाट कुनै आवाज सुनेनन् । तर, आपराधिक दृश्य देखेपछि प्रहरीले यही कोठामा महालक्ष्मीको हत्या भएको अनुमान गरेको छ । यस सिद्धान्तको पछाडिको कारण महालक्ष्मीको बसोबास भएको क्षेत्रमा शवलाई पहिलो तलामा लैजान सम्भव छैन ।

हत्यापछि महालक्ष्मीको शवलाई जसरी टुक्राटुक्रा पारिएको थियो, त्यो देखेर प्रहरीले अनुमान गरेको छ, हत्यारा योजनाबद्ध रुपमा आएका थिए, बिना हतार । अर्थात् हत्याराले शान्तपूर्वक शवलाई घरभित्रै टुक्रा पार्यो । हत्यापछि पनि उ केही घण्टा वा सम्भवतः रातभर त्यहीँ बसेको हुनु पर्छ । तर, अचम्मको कुरा के छ भने उनलाई गएको कसैले देखेन ।

महालक्ष्मी बस्ने भवन वरपर जडान गरिएका सबै सीसीटीभी क्यामेराको फुटेज स्क्यान भइरहेको छ । घटनाको समय हेर्दा अपरिचित व्यक्ति कुनै न कुनै क्यामेरामा कैद भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस