आज:  | Sat, 21, Sep, 2024

चाडपर्वमा हुन सक्ने कालोबजारी र बजारमा कृत्रिम अभाव रोक्न मुख्य सचिवको कडा निर्देशन

५ आश्विन २०८१, शनिबार ०४:२८ मा प्रकाशित ( ४ घण्टा अघि) ४४ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५असोज ।

सरकारका मुख्य सचिव एक नारायण अर्यालले केन्द्रिय अनुगमन समितिलाई सक्रिय बनाउनु भएको छ । किेहि महिनादेखि निष्कृया रहेको केन्द्रीय अनुगमन समितिको बैठक समेत बस्न सकिरहेको थिएन । अर्यालले देशको सचिवको जिम्मेवारी समहाले संगै मन्त्रालयले गर्नु पर्ने धेरै काम कार्यलाई तिब्र बनाए संगै सो समितिलाई पनि क्रियाशिल बनाउन लाग्नु भएको छ ।

सचिव अर्यालले सुक्रबार समितिको बैठक राखेर चाड पर्वका समयमा बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारीलाई रोक्न सम्वन्धित निकायलाई कडा निर्देशन दिनु भएको छ । मुख्य सचिव अर्यालको अध्यक्षतामा गठित केन्द्रिय अनुगमन तथा मूल्यांकन समितिको बैठक केहि महिना देखि बस्न सकेको थिएन् । तर अर्यालले शुक्रबार सो बैठक राखेर समितिलाई चलायमान बनाउदै सम्वन्धित निकायलाई निर्देशन दिनु भएको हो ।

विगतदेखी नै विशेषगरी नेपालीको ठुला चाडपर्व दशैं तिहार,छट् लगायतका समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट,म्याद गुज्रिएका सामानहरु विक्री वितरण गर्ने जस्ता अस्वस्थ्य गतिविधिलाई नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरुलाई आपसमा समन्वय गरी स्थानीयस्तरसम्मै अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

साथै मुख्य सचिव अर्यालले सार्वजनिक सवारी साधनको भाडा दर र सडक दुर्घटना,यात्रु संग मौकाको फाईदा उठाई हुने ठगी जस्ता न्यूनीकरण सम्वन्धमा यातायात व्यवस्था विभाग र सडक विभागले समन्वयत्मक रुपमा कार्य गरी हुन सक्ने ठगी र जनधनको क्षतिलाई रोक्न तथा संयुक्त बजार अनुगमनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने गरी निर्देशन दिनु भएको छ ।

सो अनुसार धेरै पहिला बसेको समितिको ६९ औ बैठकले गरेको निर्णय कार्यान्वयनको समीक्षा गर्दै डेंगी लगायत मौसमजन्य रोगहरुको नियन्त्रण तथा प्रतिकार्य, योजना तथार गरी चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति तथा व्यवस्थापन, सुरक्षा र यातायात, अखाद्य वस्तुको प्रयोग एवं विक्री वितरण र कालोबजारी नियन्त्रण तथा संयुक्त बजार अनुगमनको कार्यसूचीमाथि छलफल भएको थियो ।

बैठकमा सरोकारवाला निकायका सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरु र विभागीय प्रमुखहरुले आ आफ्नो निकायको कार्यप्रगति बारेमा प्रकाश पार्दै आगामी दिनमा गर्ने अनुगमन कार्य र योजनाका बारेमा आ आफ्ना जिम्मेवारीका कामहरुलाई कडाइका साथ पुरा गर्ने गरी छलफल गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस